कोरोनाका कारण काभ्रेमा थप एकको मृत्यु

डिसी नेपाल
७ कार्तिक २०७७ २२:१७
60
Shares

काभ्रेपलाञ्चोक । कोरोना भाइरस सङ्क्रमणका कारण आज बनेपा नगरपालिकाका एक ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा उती पुरुषको मृत्यु भएको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । यो सहित काभ्रेपलाञ्चोकमा नौ पुरुष र सात महिला गरी १६ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

विगत २४ घण्टामा काभ्रेपलाञ्चोकमा हालसम्मकै उच्च सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएका छन् । आज ६१ पुरुषसहित ११० मा कोरोना सङ्क्रमण देखिएको छ । आज २८ जना कोरोनामुक्त भई घर फर्किएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा नरेन्द्र झाले जानकारी दिए ।

झाका अनुसार आज थपिएका सङ्क्रमितमध्ये मध्ये बनेपा नगरका ५४, पनौती नगरका आठ, धुलिखेल नगरका २६, नमोबुद्ध नगरका छ, मण्डनदेउपुरका छ, पाँचखालका पाँच तथा बेथानचोक गाउँपालिकाका एक, चौंरीदेउरालीका एक, रोशीका दुई तथा खानीखोलाका एक रहेका छन् । आज ११० थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या एक हजार चार सय ८१ पुगेको छ । यसमध्ये ६२ प्रतिशत अर्थात् ९१५ कोरोनामुक्त भैसकेको पोष्टले जनाएको छ ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *