निवृत्तिभरण बुझ्न नपाउँदा खल्लो

डिसी नेपाल
१० कार्तिक २०७७ २३:२४

बैतडी । निवृत्तिभरण बुझ्न नपाउँदा भारतीय निवृत्तिभरणधारीको दशैंँ खल्लो भएको छ । नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा पेन्सन बुझ्न नपाउँदा उनीहरुले राम्रोसँग दशैँ मनाउन पाएनन् ।

भारतीय सेनाबाट सेवा निवृत्त तथा अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त नेपालीले निवृत्तिभरण रकम भारतीय बैंकमार्फत बुझ्ने गरेका छन् । पेन्सनकै भरमा रहेका आफूहरुको दशैंँ खल्लो भएको भुतपूर्व सैनिक संघ बैतडीका संस्थापक अध्यक्ष जितसिंह थापाले जानकारी दिए ।

उनले भने, “ए महिना अगाडीदेखि नै जिल्ला प्रशासन कार्यालयलाई नाका खोल्न पहल गर्नका लागि अनुरोध गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ भएन, घरधन्दा चलाउन पनि समस्या भएको छ ।”

जिल्लामा एक हजार दुई सय भारतीय निवृत्तिभरणधारी भए पनि ४३८ जनाले मात्रै पेन्सन बुझ्न पाएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले भने नाका खोल्नका लागि प्रयासरत रहेको जनाएको छ । दुई देशबीच सहमतिको प्रयास भइरहेकाले दशँैंलगत्तै नाका खोलिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *