धारिलो हतियार प्रहार गरी एकको हत्या, अर्का घाइते
डोटी । अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजीकै धारिलो हतियार प्रहार गरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सोही ठाउँका अर्का १६ वर्षीय रुद्र थापा घाइते भएका छन् ।
हत्यामा संलग्न भएको आशंकामा अछाम प्रहरीले ढकारी गाउँपालिकाकै नरेन्द्रबहादुर बुढालाई पक्राउ गरिएको जनाएको छ । आज बिहान देवेन्द्रको शव तथा उनीसँगै रुद्र गम्भीरावस्थामा फेला परेका थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच दिपायल सिलगढी नगरपालिका–६ बस्ने अन्दाजी ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशी अकस्मात् बिरामी परेपछि जहाज चार्टर गरेर कैलालीको धनगढी लगिएको छ । एक घण्टाभित्र राम्रो अस्पतालमा नपु¥याए बिरामीको ज्यानमा खतरा हुन सक्ने भनी जिल्ला अस्पतालका चिकित्सकले सल्लाह दिएपछि उहाँलाई जहाज चार्टर गरेर पठाइएको हो ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीका अनुसार आज बिहान एक्कासि बिरामी परेका जोशीलाई समिट एअरलाइन्सको जहाजबाट रु एक लाख ५० हजारमा चार्टर गरेर उपचारका लागि कैलाली लगिएको हो ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment