आमाको हातको दशैंको टिका र मेरो अहोभाग्य

डिसी नेपाल
११ कार्तिक २०७७ २२:०४
572
Shares

आमाको हातको दशैंको टिका र मेरो अहोभाग्यम विगत ७ वर्षदेखि क्यानडामा बस्न बाध्य छु। विदेशमा बस्नेहरुलाई नेपालीको महान चाड विजया दशमी खल्लो भयो होला। मैले पनि धेरै अनुभव गरको कुरा हो त्यो ।

यसपाली कोरोनाको महामारी छ। कोरोनाले विश्वलाई नै आफ्नो चपेटामा पारेको छ। कोरोनाको महामारीका बेला सायदै कसैको दशैं पनि सोचेजस्तो भएन होला। तै पनि आफ्नो महान चाडलार्य सतर्कताका साथ मनाईरहेको देख्दा आफ्नो संस्कार र सस्कृति प्रति गर्व महशुस हुनु स्भाविकै हो।

परिवार अनि आफ्नो लागि विहान बेलुकाको दुई छाक खान , राम्रो लाउन, एउटा घरमा बस्नका निमित्त संसारका विभिन्न मुलुकबाट मानिसहरू आ(आफ्नो देश छोडेर विदेशतिर पलायन भएका छन् । त्यसैगरि देशको नाजुक राजनैतिक र आर्थिक अवस्थाका कारण आफुले शिक्षा ग्रहण र महेनत गरे अनुशार फल प्राप्त गर्न नसकेकाले हामी पनि २०१३ देखि क्यानडा पलायन हुन बाध्य भएका छौ।

करिव ७ वर्षकोपछिको दशैंमा मिर्गौलाको रोगबाट बच्न सफल भएकी आमाको काख पाउँदा आफूलाई धेरै नै भाग्यमानी सम्झेको छु। साथै मलाई पुत्र पनि लाभ भएको छ। यी र यस्तै कुराले साह्रै नै खुसि तुल्याएको छ। मेरो स्वर्गीय बुबा र मेरो समस्त घरपरिवारको आर्शिवादले मैले जीवनका ठूला लाग्ने संघर्षहरु पार गरेकी छु।

आमाको महिमा जो कोहीले पनि गाएर पक्कै सक्दैनन् त्यसैगरि म एउटा सानो परिवार र वुवा बिना आमाकै काखमा हुर्किएकी मैले कसरी सकौला? मेरो बाल्यकालमा आमालाई म कान्छि छोरी भएकाले लाडिएर यति सताककए । दिदि ( गायत्री) र भाई (हरिनारायण) भन्दा मैले क्यानडा नआउन्जेल र विवाह भैसकैपछि पनि म आमाको लाड्ली नै भएर बसेकी थिएँ।

म क्यानडा प्रस्थानपछि म पुनः टुहुरी भएकी महशुस गरेकी थिएं तर आज ८ बर्ष , रंगरोकन र घरायसी काम लगायत दसैंको टिका समेत आमाको हातबाट लगाउन पाईयो। कान्छो ससुरा वुवा बित्नु भएको ६ महिना कटेपछि टिका लगाउन हुन्छ भनेर पण्डितकै सल्लाह बमोजीम मैले र छोरीले आमाको हातको टिका लगायौ तर श्रीमानले भने १ वर्ष नपुगी नलगाउने भनेर लगाउन उप्ठ्यारो मान्नुु भयो।

मेरी आमा भाई सँग बस्दा भाईको नै घर उज्यालो अनि प्रगतिशिल अनि दिदि कोमा बस्दा दिदिकै प्रगति हुन्छ। होइन, मेरी आमा हजुरमा के शक्ति छ त्यस्तो? यसपाली दसैंबाट त्यस्तो शक्ति मलाई पनि सुटुक्क सरोस् भन्ने आमाबाट आशिर्बाद मागेकी छु। मलाई अझ पनि सम्झना छ बाल्यकालमा छिमेकीले हाम्रो नाली बाली, पशुका साथै हाम्रो शिक्षा देखेर सबैले हुने विरूवाको चिल्लोपात भनेर गाऊँभरि आमाको चर्चा चल्थ्यो।

चितवनदेखि काठमाडाैं घरबार जोड्ने , छर/ छिमेकी कामदार देखि बुहारीलाई छोरी जस्तै माया गर्नै नि आमा सबैको प्रसंक हुनुहुन्छ । यस्ती आमाले महिलाको पिडा राम्ररी बुुझेकी हुन्छिन् जहाँ पढेर भन्दा व्यवाहरमा परेर कुनै पनि कुरा राम्रो सँग जानिन्छ भन्ने कुरा पृस्टि हुन्छ। म आफु नै एक छोरी र छोराको आमा भएकोले आमाको योगदान राम्ररी बुझेकी छु। मेरी आमा मेरो हेल्थको लागि सँधै कराई रहन्छिन्। म कल्पना पनि गर्न सक्दिन आमा बिनाको संसार अनि आमाको साथ (सपोर्ट निस्वार्थ माया हु्न्छ भन्ने कुरा म आफै आमा भएबाट पनि पृस्टि हुन्छ।


आमा/बुवाको मन छोरा/छोरी माथि छोरा/ छोरीको मन ढुंगा/ मुडा माथि भन्ने कुराको पृस्टि पनि आफ्नो सन्तानको आफु भन्दा पनि बढि माया हुनाले हो भन्ने कुरा यथार्त हुन्छ। यस्ति निर्दोस, निस्वार्थ र मायाकी खानीको मुहारमा सककधै हाककसो दिन सकुकक। कुनै समय अन्जानमा दिएको अुासुलाई हाककसोमा पक्कै बदल्ने छु , जुन आमा छककदै पुरा गर्न सकौ। जय माता जी हजुरको पुरै वर्णन गर्न म असमर्थ छु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *