२० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता
लमजुङ । नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार आर्थिक वर्ष २०७२/२०७३ देखि २०७६/२०७७ अङ्गीकृत नागरिकता दिइएको हो। वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा आव २०७६/२०७७ मा पाँच, २०७५/२०७६ मा ६, २०७४/२०७५ मा तीन, २०७३/२०७४ दुई र २०७२/२०७३ मा चार जना रहेको जिप्रकाले जनाएको छ।
संविधानमा वैवाहिक अङ्गीकृत र अङ्गीकृत गरी दुई प्रकारका अङ्गीकृत नागरिकता छ । एक प्रकारको जिप्रका र अर्काे गृह मन्त्रालयबाटै वितरण हुने जिप्रकाले जनाएको छ । नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिप्रकाको तथ्याङ्क छ।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment