फ्रान्सको निस शहरमा घातक चक्कु हमला

डिसी नेपाल
१३ कार्तिक २०७७ १६:२५
288
Shares

बीबीसी । फ्रान्सको दक्षिणी शहर निसमा चक्कु आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ। घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।

प्रहरीले गोली हानेर संदिग्ध हमलाकारीलाई नियन्त्रणमा लिएको विवरण प्राप्त भएको छ जसलाई अहिले अस्पताल पुर्‍याइएको छ। प्रहरीका अनुसार पीडितमध्ये एक महिलाको शिरछेदन गरिएको छ।

‘आतङ्कवादी हमला’

सो शहरका प्रमुख क्रिस्टियाँ एस्ट्रोजफीले त्यसलाई आतङ्कवादी हमला भनेका छन्। पत्रकारहरूसँग कुरा गर्दै मेयर एस्ट्रोजफीले संदिग्ध हमलाकारीले घटनास्थलमा बारम्बार अल्लाह हु अकबर (ईश्वर महान् छन्) भनेको बताएका थिए।

फ्रान्सका आन्तरिक मामिलामन्त्रीले घटना भएको ठाउँतिर नजान मानिसहरूलाई अपील गरेका छन्। त्यहाँको संसद्‍मा एक मिनेटको मौन धारण गरिएको छ जहाँ प्रधानमन्त्री जँ क्यासटेक्सले बिहीवार रातीबाट कार्‍यान्वयनमा आउने लकडाउनका उपायबारे जानकारी गराइरहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.