टर्कीमा शक्तिशाली भूकम्प
काठमाडौं (बीबीसी) । ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीकी इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ निकायका अनुसार ७.० म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको छ।
हालसम्म हताहतीबारे कुनै खबर प्राप्त भएको छैन। तर टर्कीको इज्मिर नगरमा घरहरू भत्केका तस्वीर सार्वजनिक भएका छन्। टर्कीमा भूकम्प गइरन्छ। सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment