फ्रान्सप्रति आक्रामक ट्वीटले बबाल मच्चिएपछि मलेसियाका पूर्वप्रधानमन्त्रीले दिए स्पष्टीकरण

डिसी नेपाल
१५ कार्तिक २०७७ १३:४७
612
Shares

काठमाडौं। मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले आफूले फ्रान्सप्रति आक्रामक टिप्पणी गरेको विषयमा सफाइ दिएका छन् । उनले आफ्नो बयानको गलत सन्दर्भ निकालिएको दावी गरेका छन् । महाथिरले बिहीबार ट्वीट गर्दै फ्रान्समा विगतमा भएका नरसंहारलाई हेर्दा मुस्लिमहरुसँग लाखौं फ्रेन्चहरुलाई मार्ने अधिकार भएको टिप्पणी गरेका थिए । उनको यो टिप्पणीको कडा आलोचना भएको थियो र ट्वीटरले उनको ट्वीट हटाइदिएको थियो । फ्रान्सका डिजिटल मन्त्रीले ट्वीटरमा महाथिरलाई प्रतिबन्ध लगाइनुपर्ने माग पनि गरेका थिए ।

शुक्रबार आफ्नो बयानमा महाथिरले आफ्नो बयानलाई गलत तरिकाले पेश गरिएको र सन्दर्भबाट बाहिर गएर अर्थ निकालिएकोप्रति आफू दुखी भएको बताएका छन् । महाथिरका अनुसार आलोचकहरुले उनको ट्वीटको अघिल्लो नाइन पढेनन् जसमा उनले भनेका थिए – मुस्लिमहरुले अहिलेसम्म आँखाको बदलामा आँखाको कानुन लागू गरेका छैनन् र फ्रान्सका नागरिकले पनि यस्तो गर्नु हुँदैन । महाथिरले आफ्नो स्पष्टीकरणका बावजुद ट्वीटर र फेसबुकले आफ्नो पोस्ट हटाउनु अनावश्यक भएको समेत बताएका छन् ।

महाथिरले लेखेका छन् ‘एकातिर उनीहरु पैगम्बर मोहम्मदको कार्टुन देखाउने कार्यको बचाउ गर्छन् र मुस्लिमहरुसँग आशा गर्छन् कि मुस्लिमहरुले यो सहेर बसुन् । अर्कोतर्फ उनीहरुले जानीजानी त्यो ट्वीट डिलिट गरिदिए जसमा मैले भनेको थिएँ कि मुस्लिमहरुले कहिल्यै पनि अतीतमा आफूमाथि भएको अन्यायको बदला लिने कोसिस गरेनन् । मेरो भनाइप्रति यस्ता प्रतिक्रिया यसकारण दिइदैछन् ताकि मुस्लिमविरुद्ध फ्रान्सका नागरिकको घृणा बढाउन सकियोस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.