जेम्स बोन्डको भूमिकामा पहिलो पटक अभिनय गर्ने सर सीन कोनरीको निधन

डिसी नेपाल
१५ कार्तिक २०७७ २१:११
56
Shares

स्कटल्याण्ड (एजेन्सी)। हलिउड फिल्म जेम्स बोन्ड सिरिजको पहिलो फिल्ममा जेम्स बोन्डको भूमिकामा अभिनय गर्ने दिग्गज अभिनेता सर सीन कोनरीको निधन भएको छ। अन्तर्राष्ट्रिय सञ्चाार माध्यमका अनुसार बाहमासमा ९० वर्षीय कोनरीको आफ्नै घरमा निधन भएको हो।

उनका छोराले बाबुको निधन भएको र जीवनको अन्तिम समयमा उनी विरामी परेको जनाएका छन्। सर सीन कोनरीले जेम्स बोन्ड सिरिजका ७ वटा फिल्ममा काम गरेका थिए। कोनरीले एक पटक ओस्कार अवार्डसमेत जितेका थिए।

कोनरीलाई जेम्स बोन्डको सबैभन्दा योग्य अभिनेता मानिन्छ। कोनरी स्कटल्याण्ड बेलायतबाट स्वतन्त्र हुनुपर्ने पक्षमासमेत रहेका थिए। उनले स्कटसिसले बेलायतबाट अलग्गिने निर्णय गरे आफू स्कटल्याण्ड फर्किने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *