अन्तरिक्षबाटै अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान
वाशिंगटन (एजेन्सी)। एक अन्तरिक्ष यात्रीले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अन्तरिक्षबाटै मतदान गरेकी छन्। अमेरिकामा आगामी नोभेम्बर ३ मा मतदान हुँदै छ।
तर, अर्ली मतदानअनुसार त्यहाँ केही मतदाताले भने मतदान गरिरसकेका छन्। यस्तै अर्ली मतदान गर्ने अन्तरिक्षमा रहेकी केट रुबिन्सले अन्तरिक्षबाट मतदान गरेकी हुन्। पृ्थ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट रुबिन्सले २३ अक्टूबरमा मतदान गरेको अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)ले जनाइको छ। उनले पृथ्वीभन्दा २ सय माइलमाथि रहेको अन्तरिक्ष केन्द्रबाट मतदान गरेको नासाले जनाएको छ ।
रुबिन्सले अन्तरिक्षबाट मतदान गरेको यो दोस्रो पटक हो। यसअघि उनले सन् २०१६ मा पनि उनले अन्तरिक्षबाटै मतदान गरेकी थिइन् । त्यसबेला उनी अनुसन्धानको सिलसिलामा अन्तरिक्ष केन्द्रमा थिइन्।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पूर्व उपराष्ट्रपति जो बाइडेनले डेमोक्रेट पार्टीका तर्फबाट चुनौति दिएका छन्। ट्रम्प दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्। अमेरिकामा प्रायः राष्ट्रपतिले दोस्रो कार्यकालका लागि जित हात पार्दै आए पनि यो पटक ट्रम्पलाई बाइडेनले कडा टक्कर दिने अनुमान गरिएको छ। मतदान अघि भएका विभिन्न सर्वेक्षणहरुले ट्रम्पभन्दा बाइडेनलाई बलियो देखाएका छन्।
From the International Space Station: I voted today
— Kate Rubins pic.twitter.com/DRdjwSzXwy
— NASA Astronauts (@NASA_Astronauts) October 22, 2020







डिसी नेपाल








Facebook Comment