बेलायतमा फेरि देशव्यापी लकडाउन जारी हुने

डिसी नेपाल
१५ कार्तिक २०७७ २२:१०
296
Shares

लण्डन (एजेन्सी)। बेलायतमा फेरि देशव्यापी लकडाउन गरिने भएको छ। कोरोना भाइरसका कारण बेलायतमा मृत्यु हुनेको संख्या लगातार बढेपछि प्रधानमन्त्री बोरिस जोन्सनले फेरि एक महिना लामो लकडाउन घोषणा गर्ने तयारी गरेको बीबीसीले जनाएको छ।

प्रधानमन्त्री जोन्सनले प्रमुख चिकित्सक र वैज्ञानिकहरुसँग ब्रिफिंगसमेत लिएको जनाइएको छ। प्रधानमन्त्रीले शनिबार नै पत्रकार सम्मेलन गरेर महत्वपूर्ण गर्ने बीबीसीले जनएको छ। प्रधानमन्त्रीले गर्ने भनिएको पत्रकार सम्मेलनको समय तीन पटक सारिएको छ।

लकडाउनको अवधिमा गैरअत्यावश्यक पसल र होटलहरु बन्द रहने जनाइएको छ। तर स्कुल र कलेजहरु भने खुला गरिने सम्भावना रहेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.