नाइजेरियामा बन्धक बनाइएका अमेरिकीको फिल्मी उद्धार, विमानबाट हाम्फालेर पुगे सैनिक
काठमाडौं। अमेरिकी नेवीको सील टिम सिक्सले नाइजेरियामा बन्धक बनाएर राखिएका एक अमेरिकी नागरिकलाई फिल्मी शैलीमा र साहसिक तरिकाले उद्धार गरेका छन् । फक्स न्यूजका अनुसार उद्धार टोलीका एलिट कमाण्डोहरु अमेरिकी वायुसेनाको विमानबाट हाम्फालेर घटनास्थल पुगेका थिए । घटनास्थलबाट केही माइल दूरीमा हाम्फालेका कमाण्डोहरुले केही अपहरणकारीहरुलाई मारेर २७ वर्षका फिलिप वाल्टनको उद्धार गरेका हुन् ।
अधिकारीहरुका अनुसार वाल्टनलाई गत हप्ता सशस्त्र समूहहरुले अपहरण गरेर बन्धक बनाएका थिए । यो मिशनमा सहभागी एक अमेरिकी अधिकारीले फक्स न्यूजलाई बताएअनुसार यो मिशन अमेरिकी सैन्य सेवा र इन्टेलिजेन्सको सहयोगबिना सम्भव हुने सम्भावना थिएन । ‘यो अमेरिकी सेनाका विभिन्न विभागको असाधारण टिम सहकार्य थियो’ अधिकारीले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्धार अपरेशनमा सहभागी सैनिकहरुलाई साहसी योद्धा भन्दै यो साहसिक अपरेशनका सहभागी सैनिकहरुलाई देशले सलाम गर्ने ट्वीटरमार्फत बताएका छन् । अर्को उक ट्वीटमा ट्रम्पले यो अपरेशन एलिट फोर्सको लागि ठूलो विजय भएको बताएका छन् । शनिबार पेन्सलभेनियामा सभालाई सम्बोधन गर्नुअघि ट्रम्पले भने ‘ती अपहरणकारीहरुले अहिलेसम्म नगरेको काम गर्न चाहेका थिए । हामीले हाम्रो अमेरिकी नागरिक पायौं, हामीले हाम्रा युवा फिर्ता पायौं र अर्को पक्ष नराम्ररी प्रभावित भयो ।’
वाल्टन नाइजरबाट अपहरणमा परेका थिए, जहाँ उनी बसोबास गर्थे । उद्धार शनिबार बिहान नाइजरको छेउमा उत्तरी नाइजेरियामा भएको हो । पश्चिमी अफ्रिकाको जिम्मेवारी सील टिम सिक्सको भएकोले उनीहरुलाई यो अपरेशनका लागि छानिएको थियो । पेन्टागनका प्रमुख प्रवक्ता जोनाथन हफम्यानले एक वक्तव्य जारी गर्दै अपरेशनमा सहभागी अमेरिकी सैनिक भने घाइते नभएको जानकारी दिएका छन् ।







डिसी नेपाल








Facebook Comment