अमिताभ बच्चन विवादमा

डिसी नेपाल
१६ कार्तिक २०७७ १०:१४
5.1k
Shares

मुम्बइ। बलिउडका महानायक मानिने अभिनेता अमिताभ बच्चन विवादमा परेका छन् । उनको टेलिभिजन शो कौन बनेगा करोडपतिमा सोधिएको एक प्रश्नका कारण अमिताभ विवादमा परेका हुन् । भारतीय फिल्म निर्माता विवेक रंजन अग्नीहोत्रीले कौन बनेगा करोडपतिलाई कम्युनिस्टहरुले ‘हाइज्याक’ गरेको आरोप लगाएका छन् । उनले बालबालिकालाई सांस्कृतिक युद्ध कसरी जितिन्छ भन्ने सिकाइएको आरोप समेत लगाएका छन् ।

बिहीबार राती प्रशासन भएको कर्मवीर विशेष भागमा अमिताभ बच्चनले सोधेका थिए ‘२५ डिसेम्बर १९२७ मा डा. भीमराव अम्बेडकर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएका थिए ?’ यसको जवाफको लागि ४ विकल्पहरु विष्णु पुराण, भागवत गीता, ऋग्वेद र मनुस्मृति थिए । यो प्रश्नको जवाफका विकल्पहरुमा सबै हिन्दू धर्मग्रन्ध मात्र भएपछि अमिताभ बच्चन विवादमा परेका हुन् । प्रश्नमा सबै हिन्दू धर्मका ग्रन्थहरुको मात्रै विकल्प दिइएपछि सामाजिक संजालमा अमिताभको आलोचना भइरहेको छ । सामाजिक संजालमा ‘के अमिताभले भागवत गीता र ऋग्वेदको स्थानमा बाइबल र कुरान राख्ने सक्थे ?’ भनेर प्रश्न उठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.