लकडाउनका विषयमा बेलायतको सत्ताधारी पार्टीमा विद्रोह

डिसी नेपाल
१६ कार्तिक २०७७ १३:०८
80
Shares

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यही नोभेम्बर ५ देखि लागू हुने गरी एक महिना लामो देशव्यापी लकडाउन लागू गर्ने घोषणा गरेपछि उनकै पार्टीमा विद्रोह सुरु भएको छ । बेलायतको सत्ताधारी पार्टी कज्न्जरभेटिभका केही सांसदहरु जसलाई टोरीज भनेर पनि चिनिन्छ, उनीहले बोरिस जोनसनको लकडाउनको निर्णयलाई संसदमा मतदान गरेर फेल गराइदिने चेतावनी दिएका छन् । बेलायती अखबार द सनका अनुसार उनीहरुले यो निर्णयलाई कुनै युद्धमा जाने निर्णयभन्दा ठूलो निर्णय भनेका छन् ।

प्रधानमन्त्रीले अगामी बिहीबारदेखि चार हप्ते लकडाउनमा जाने पुष्टि गरेपछि यो आक्रोश बढेको हो । एक टोरी मन्त्रीले प्रधानमन्त्रीलाई असक्षम भएको आरोप लगाएका छन् भने अर्का एक सांसदले पार्टीभित्र प्रधानमन्त्रीले मनलाग्दी निर्णय गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको निर्णय सुनाउन गरेको पत्रकार सम्मेलनमा भाइरसको अहिले सुरु भएको दोस्रो लहरको मृत्युदर अघिल्लो पटकको भन्दा दोब्बर हुन सक्ने चेतावनी दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.