देशैभरी कडा लकडाउन तर यौन सम्बन्धका लागि पार्टनर भेट्न जान भने छुट !
काठमाडौं। बेलायतमा यही नोभेम्बर ५ अर्थात आउँदो बिहीबारदेखि देशव्यापी रुपमा कडा लकडाउन लागू गरिने प्रधानमन्त्री बोरिस जोनसनले घोषणा गरिसकेका छन् । तर, लकडाउनका प्रतिबन्धको बीचमा एक अर्काबाट टाढा बस्ने जोडीहरुले भने यौन सम्बन्धका लागि एक अर्कालाई भेट्न जान पाउनेछन् । द सनको रिपोर्टअनुसार सरकारले पारिवारिक विषयलाई नयाँ तरिकाले परिभाषित गर्ने नीति अन्तर्गत यस्तो छुट दिने भएको हो ।
नयाँ नियमअनुसार देशका विभिन्न भागमा एक अर्कासँग छुट्टिएर बसेका जोडीहरु एक अर्कालाई भेट्न जान पाउनेछन् तर यसको लागि जो कोहीले पनि आफ्नो एउटा मात्र जोडी रोज्नुपर्नेछ । यसरी एक अर्कालाई भेट्न जाने जोडीमध्ये कुनै एक जना एक्लै बस्ने हुनुपर्नेछ । सोसियल बबल अन्तर्गत गर्ने जोडीहरुले एक अर्कालाई यौनकै लागि भेट्न पाउने भए पनि यस अन्तर्गत नपर्ने जोडीले भने पार्कमा एक अर्कालाई किस गर्नसमेत पाउने छैनन् ।







डिसी नेपाल








Facebook Comment