आफ्नो पूर्ण नग्न फोटो शेयर गरेर कुन रोगबारे जनचेतना फैलाउँदैछिन् यी अभिनेत्री ?
काठमाडौं। अमेरिकी अभिनेत्री, गायिका, गीतकार तथा लेखिका मार्गरेट लिएन राइम्स सिब्रायनले हालै सामाजिक संजालमा आफ्नो पूर्ण नग्न फोटो शेयर गरिन् । लिएनले इन्स्टाग्राममा आफ्ना दुई तस्वीर शेयर गरेकी छिन् जुन फोटोमा उनको त्वचामा केही दागहरु देखिन्छन् । उनले यी तस्वीरको सहारामा छालासम्बन्धी एक रोगबारे जनचेतना फैलाउने प्रयास गरेकी हुन् । उनले यी तस्वीरसँगै एउटा भावुक पोस्ट पनि लेखेकी छिन् । पोस्टमा उनले आफू सोराइटिस नामको रोगबाट पीडित भएको बताएकी छिन् ।
यो रोग लागेपछि सुरुमा प्रभावित अंगहरुमा चिलाउने समस्या हुन्छ । त्वचामा पाप्राहरु बस्न सक्छन् वा शरीरमा राता राता दागहरु देखिन्छन् । लिएनले पोस्टमा आफूले यी फोटो शेयर गर्दै आफ्नो रोगको बारेमा बताएर आफूले निकै राहत महसुस गरेको बताएकी छिन् । उनले विश्व सोराइटिस दिवसको अवसर पारेर आफ्नो पोस्ट शेयर गरेकी हुन् । डाक्टरहरुका अनुसार सोराइटिसको कुनै पूर्ण उपचार छैन । यद्यपि यसका लक्षणको गम्भीरताका बावजुद उसलाई धेरै हदसम्म नियन्त्रण भने गर्न सकिन्छ ।
लिएनले आफ्ना यी तस्वीरहरुसँगै ग्ल्यामर म्यागजिनमा एक लेख समेत लेख्दै आफ्नो स्वास्थ्य समस्याबारे जानकारी दिएकी हुन् । मानव शरीरको रोग प्रतिरोधी प्रणालीले शरीरकै स्वस्थ कोशिकाहरुमा आक्रमण गर्न थालेपछि सोराइटिस रोग हुन्छ । यसो हुँदा त्वचाका कैयौं कोशिकाहरु निकै तीब्र गतिमा बढ्न थाल्छन् । यो प्रक्रियाले त्वचामा कडा पाप्रा वा राता दागहरु बन्न थाल्छन् ।
मार्गरेटको जन्म अमेरिकाको मिसिसिपीमा भएको थियो । उनी ६ वर्षकी हुँदा उनको परिवार टेक्सास सरेको थियो जहाँ उनले स्वर र नृत्यको कक्षा लिन सुरु गरिन् । ५ वषर्नको उमेरमै स्थानीय ट्यालेन्ट शोमा भाग लिन थालेकी मार्गरेट ९ वर्षको उमेरमा अनुभवी गायिका बनिसकेकी थिइन् । १३ वर्षको उमेरमा उनले आफ्नो पहिलो एल्बम रिलिज गरेकी थिइन् जो निकै लोकप्रिय भएको थियो । उनले २ पटक ग्रामी अवार्ड, ३ पटक एसीएम अवार्ड, एक पटक सीएमए अवार्ड, एक पटक अमेरिकन म्युजिक अवार्ड र १२ पटक बिलबोर्ड म्युजिकल अवार्ड जितेकी छिन् ।







डिसी नेपाल








Facebook Comment