जब अमिताभ बच्चनको चितुवासँग भिडन्त पर्यो…
मुम्बइ। बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो ५ दशक लामो करिअरमा कैयौं एक्सन सिन गरेका छन् र दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका छन् । यस क्रममा अमिताभले कैयौं खतरनाक स्टन्ट पनि गरेका छन् । फिल्म ‘खुन पसिना’को सुटिङको क्रममा अमिताभले साँच्चैको चितुवासँग लडाइँ गरेका थिए । हालै अमिताभ बच्चनले यो फिल्मको सुटिङका क्रममा भएको घटनाबारे जानकारी शेयर गरेका छन् ।
अमिताभले यो फिल्मको सुटिङको क्रममा खिचिएको आफ्नो एक तस्वीर शेयर गरेका छन् । तस्वीरमा उनी बाघको छालाको प्रिन्ट भएको ज्याकेट समातेका छन् । उनले क्याप्सनमा लेखेका छन् ‘सोचेको थिइन कस्ट्युम डिपार्टमेन्टबाट मलाई यो ज्याकेट दिइनेछ र मलाई वास्तविक बाघसँग लड्नु पर्नेछ । तपाइँलाई अनुमान छ एक चितुवा कति शक्तिशाली हुन्छ ? एक यस्तो क्षण जसलाई मैले कहिल्यै बिर्सिन सक्दिन ।’ फिल्म उद्योगका कैयौं हस्तहिरुले अमिताभको यो पोस्टमा कमेन्ट गरेका छन् ।







डिसी नेपाल








Facebook Comment