हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु

डिसी नेपाल
१७ कार्तिक २०७७ २०:०८
244
Shares

काबुल । अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ । देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डर समेत रहेको जनाइएको छ ।

घटनाका बारेमा थप विवरण संकलन हुदै गरेको पनि अफगानी राष्ट्रिय सुरक्षा निर्देशनालय श्रोतले सोमबार जानकारी दिएको छ । श्रोतका अनुसार १७५ जनाको मृत्यु भएको हो भने अरु २६ जना घाइते भएका छन् । झडप झण्डै रातभरी भएको पनि श्रोतको दावी छ ।

कान्दहार प्रान्त पछिल्लो समयमा हिंसात्मक घटनाहरुबाट धेरै प्रभावित हँुदै गएको छ । यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही तालिवान लडाकूबीचमा झडप हुने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.