काबुल युनिभर्सिटीमा आतंकवादी आक्रमण, कम्तिमा १९ जना मारिए

डिसी नेपाल
१७ कार्तिक २०७७ २१:५२
188
Shares

काबुल (एजेन्सी)। अफगानिस्तानको राजधानी काबुलस्थित काबुल युनिभर्सिटीमा सोमबार आतंकवादी आक्रमण भएको छ। अफगान गृहमन्त्रालयका प्रवक्ताले विश्वविद्यालयमा भएको आतंकवादी आक्रमणमा कम्तिमा १९ जना मारिएको र २२ जना घाइते भएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

गृह प्रवक्ताका अनुसार तीनजना बन्दुकधारी विश्वविद्यालयमा प्रवेश गरेर अन्धाधुन्द गोली चलाएका थिए। त्यसपछि विद्यार्थीहरुमा भागदौड मच्चिएको थियो। त्यसपछि अफगान सुरक्षाकर्मीले विश्वविद्यालयलाई घेरेर कारबाही गरेका थिए। तीनै जना आक्रमण पनि मारिएको जनाइएको छ।

घटनाको तालिबानले निन्दा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। अफगानिस्तानमा इस्लामिक स्टेटले शैक्षिक संस्थामा आतंकवादी आक्रमण गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *