आफ्नै छोरी र सौतेनी छोरीलाई बलात्कार गराउने आमालाई ७ सय २३ वर्ष जेल सजाय !

डिसी नेपाल
१८ कार्तिक २०७७ १३:४३
3.9k
Shares

काठमाडौं। कुनै जघन्य अपराध गर्ने अपराधीलाई ‘सात जुनीसम्म’ सजाय दिइनुपर्ने कुराहरु हाम्रो समाजमा सुनिन्छ । आफ्नै छोरी र सौतेनी छोरीलाई अरुबाट बलात्कार गराउने एक आमालाई अदालतले साँच्चिकै ७ जुनीसम्मको सजाय दिएको छ । अदालतले उनलाई दिएको सजाय पूरा हुन ती महिलाले ७ जुनी नै पूरा गर्नुपर्ने हुन्छ । किनकि अदालतले उनलाई १०–२० वर्ष होइन पूरै ७ सय २३ वर्षको जेल सजाय सुनाएको छ ।

सीबीएसको रिपोर्टअनुसार अमेरिकाको एक अदालतले लिजा लेशर नामकी ती महिलालाई यति लामो जेल सजाय सुनाएको हो । यही मुद्दामा अदालतले लिजाका पति माइकल लेशरलाई पनि ४ सय ३८ वर्षको जेल सजाय सुनाएको छ । ४१ वर्षकी जिजालाई अदालतले सोमबार ७ सय २३ वर्षको जेल सजाय सुनाइएको हो । अल्बामाको मोर्गन काउन्टी जिल्ला अदालतका न्यायाधीश स्टिफन ब्राउनले लिजा र उनका पति माइकललाई यस्तो सजाय सुनाएका हुन् ।

लिजामाथि बलात्कार, अप्राकृतिक बलात्कार र यौनजन्य यातनासहितका जघन्य अभियोग लगाइएको छ । रिपोर्टका अनुसार लिजाले आफ्ना पतिसँग मिलेर छोरी र सौतेनी छोरीको कैयौं वर्षसम्म यौनशोषण गरेकी थिइन् । यो केस सबैभन्दा पहिले २००७ मा दर्ता गरिएको थियो । पीडितको अनुरोधमा अहिले यो केस दोस्रो पटक खोलिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.