चार दिनपछि शेयर बजारमा सुधार, कारोबार रकम भने घट्यो

डिसी नेपाल
१८ कार्तिक २०७७ १७:०९
52
Shares

काठमाडौं। चार दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा सामान्य सुधार भएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५.४० अंकले बढेर १६४३.०३ अंकमा पुगेको छ।

दशै बिदापछि शेयर बजार खुलेको पहिलो दिन गत बुधबार उच्च अंकले बढेको नेप्से त्यसपछि भने लगातार ओरालो लागिरहेको थियो।

मंगलबार बजार बढेपनि कारोबार रकम भने घटेको छ। यसदिन १९८ कम्पनीका ७७ लाख ५७ हजार कित्ता शेयर किनबेचबाट २ अर्व २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार १९७ कम्पनीका ६९ लाख कित्ता शेयर किनबेचबाट २ अर्व ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार कारोबार भएका अधिकांश समूहगत परिचसूचक पनि उकालो लागेका छन्। सबैभन्दा बढि निर्जीवन बीमा समूह १७६.८६ अंकले बढेको छ। यसैगरी व्यापार समूह ५५.९२, जिवन बीमा १४, जलविद्युत ७.१४, लघुवित्त ६.८३, फाइनान्स ५.४ अंकले बढेका छन्। यसदिन विकास बैंक समूह १६.२१ र बैंकिङ समूह २.१७ अंकले घटेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *