कतारमा नेपाली श्रमिक लक्षित सचेतनात्मक कार्यक्रम गरिदैं

डिसी नेपाल
१९ कार्तिक २०७७ १३:२५

काठमाडौं । कतार सरकारले हालसालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनि परिवर्तन गर्न पाइने नयाँ नियमको बारेमा एनआरएनए कतारले सचेतनात्मक कार्यक्रम गर्ने भएको छ । कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको बारेमा जानकारी गराउन संघले भर्चुअल माध्यमबाट सचेतनात्मक कार्यक्रमको आयोजना गरेको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले डिसी नेपाललाई जानकारी दिए।

एनसीसी कतारको समन्वयमा आउँदो शुक्रबारको दिन दिउँसो १ बजेदेखि अनलाइनमार्फत (जुम भर्चुअल) सचेतनात्मक काआयोजना गरिएको उनले बताए ।

केही समयअघि कतारले श्रमिकहरुकोे न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो। कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो । नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्याइएको छ । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् ।

यस्तै रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदात परिवर्तन गर्न पाउने व्यवस्था पनि गरिएकाे छ।

कतारमा करिव ४ लाखको हाराहारीमा नेपालीहरु कार्यरत छन् । नयाँ नियमको बारेमा जानकारी गराउन आयोजना गरिएको उक्त कार्यक्रम नेपाली श्रमिकका लागि निकै महत्वपूर्ण रहने एनआरएनए कतारले जनाएको छ ।

कार्यक्रममा कतारमा स्थापित नेपाली संघसंस्थाका प्रतिनिधिहरु, तथा कतारमा रहेका सम्पूर्ण नेपालीलाई सहभागीताको लागि संघले आह्वान गरेको छ।

कार्यक्रमका बारेमा

मिति     :- ०६ नोभेम्बर २०२०,शुक्रबार
समय    :- दिनको १:०० बजे
माध्यम :- अनलाईन (जुम भर्चुअल) 

Join Zoom Meeting
https://us02web.zoom.us/j/4240595332?pwd=ek1DeEZzdUt2REFuN0F2cTc3L2NNZz09

Meeting ID: 424 059 5332
Passcode: padam123




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *