रिक्त खाताको ७० लाखको चेक दिएर फरार भएपछि…

डिसी नेपाल
२० कार्तिक २०७७ १७:१८
220
Shares

काठमाडौं। प्रहरीले ७० लाख जरिवाना र कैद सजाय तोकिएका बैंकिङ कसुरका फरार अभियुक्तलाई पक्राउ गरेको छ। उच्च अदालत पाटनबाट ४५ दिन कैद र ७० लाख जरिवाना फैसला भएपछि फरार रहेका वीरगञ्जका सत्यनारायणप्रसाद रौनियारलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको रातोपुलमा पक्राउ गरेको हो।

अदालतले १० चैत ०७५ र २७ फागुन ०७६ मा गरेका फैसलाअनुसार वीरगञ्ज महानगरपालिका–६ माईस्थान बस्ने ५८ बर्षिय रौनियारलाई सो सजाय ठहर गरेको थियो। रौनियारालाई काठमाडौंको रातोपुलमा पक्राउ गरी पर्सा जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ।

रौनियाराले आफ्नो खातामा पर्याप्त रकम नभए पनि २ वर्ष अघि मन्दीप कुमार थापा र सन्तोष कुमार चौधरीलाई झुक्याई सापटी लिएको रकम फिर्ता गर्नका लागि भन्दै बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख बराबरको चेक दिएका थिए।

रकम हात नलागेपछि पीडितले चेक बाउन्स गरी अदालतमा मुद्दा हालेका थिए। सोही मुद्दामा उच्च अदालत पाटनले बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम रौनियारालाई ४५ दिन कैद र ७० लाख जरिवाना ठहर गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *