अमेरिकी राष्ट्रपतिको निर्वाचन: बाइडेनको अग्रता, महत्वपूर्ण राज्यहरूको परिणाममा पर्खिइँदै

डिसी नेपाल
२१ कार्तिक २०७७ २२:१०
504
Shares

वाशिङ्टन (एएफपी)। केही प्रतिस्पर्धा रहने भनिएका स्थानहरूको मतगणना पूरा हुँदासम्ममा अमेरिकी राष्ट्रपतिको प्राथमिक निर्वाचनको नतीजा शुक्रबार बिहान सन्तुलित अवस्थामा आएको छ।

अमेरिकी नेटवर्क प्रक्षेपणका अनुसार डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले आफूलाई विजय हुन आवश्यक पर्ने २७० इलेक्ट्रोरल भोटमध्ये कम्तीमा २५३ भोट हाँसिल गरेका छन्। परिणाममा एरिजोना समावेश गर्दा वाइडेनलाई कम्तीमा २६४ मत प्राप्त हुने फक्स न्यूज र एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेका छन् ।

राष्ट्रपति तथा रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ भोट प्राप्त गरिसकेका छन् भने अझै केही राज्यमा रिपब्लिकन पार्टीको पक्षमा मतदान भएको प्रक्षेपण गरिएको छ । जसका कारण रिपब्लिकन पार्टीले आफ्नो विजय दावी गरिरहेको छ ।

रिपब्लिकन पार्टीको मजबुत अवस्था रहेको भनिएका धेरै स्थानहरूमा अहिले निर्वाचनसम्बन्धी बिषयलाई लिएर विवाद भएको पनि बताइएको छ ।

बिहीबार रातभरको मत गणनापश्चात बाइडेनले दक्षिणपूर्वी जर्जियामा अग्रता लिएका छन्। यसका कारण निर्वाचनमा वाइडेनको निर्वाचन थप बलियो बनेको विश्लेषकहरूले बताएका छन्।

नाभाडा

बाइडेनलाई नाभाडामा छ मत प्राप्त भएमा उनलाई अमेरिकी नेतृत्वका लागि बाटो सहज हुनेछ तर यसका साथै उनले अरिजोनाबाट जित्नु आवश्यक छ । करिब ८९ प्रतिशत मत गन्दासम्ममा पश्चिमी राज्य मेक्का लस भेगासमा बाइडेनले ११ हजार ५०० मतसहित अग्रता कायम गरेका छन्।

उत्तरी क्यारोलिना

उत्तरी क्यारोलिनामा रहेका १५ इलेक्ट्रोरल भोटका लागि भएको निर्वाचनमा ९५ प्रतिशत मत गणना हुँदासम्म ७७ हजार मतका साथ राष्ट्रपति ट्रम्पले अग्रता लिएका छन्। उनलाई करिब ५० प्रतिशतको हाराहारीमा मत परेको छ भने बाइडेनले ४८.६ प्रतिशत मत पाएका छन्।

दक्षिणपूर्वी यो राज्यमा ट्रम्पको पक्षमा बहुमत देखिएको छ तर निर्वाचनको दिनभन्दा पहिल्यै मेलबाट गरिएको मतदानको नतिजा सार्वजनिक हुन नोभेम्बर १२ गतेसम्म पर्खिनुपर्ने हुन्छ ।

जर्जिया

जर्जियामा बाडेनमाथि ट्रम्पको प्रारम्भिक अग्रता द्रुत गतिमा खस्किएको देखिएको छ किनभने डेमोक्रेटिक पार्टीको प्रभाव क्षेत्रहरूको मतगणना जारी रहेको छ । पूर्व उप–राष्ट्रपति बाइडेन अहिले अलि अगाडि छन्। ९८ प्रतिशत मत गणना हुँदासम्म बाइडेनको पक्षमा ४९.४ प्रतिशत मत आएको छ भने एक हजार ९६ मतले बाइडेनको अग्रता कायम रहेको छ ।

जर्जियामा सन् १९९२ मा बिल क्लिन्टनलाई विजय गराएपछि अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याटको पक्षमा मत परिणाम आउन सकेको छैन ।

१६ इलेक्ट्रोरल भोट भएको जर्जियाले बाइडेन लाई २७० भन्दा तल वा थोरै माथि पुर्याउने छ तर यसका लागि पनि अरिजोनाको नतिजा बाइडेनको पक्षमा आउन आवश्यक छ ।

एरिजोनामा ९० प्रतिशत मत गणना हुँदासम्म ४७ हजार बढी मतको अग्रतासाथ बाइडेनलाई ५०।१ प्रतिशत मत प्राप्त भएको छ भने ट्रम्पलाई ४८।५ प्रतिशत मत प्राप्त भएको छ ।

निर्वाचनको मतगणना हेरेर अमेरिकी समाचार संस्थाहरू सीएनएन र एनबीसी निर्वाचन यसैको पोल्टामा पर्छ भन्ने अनुमान गरिहाल्न नमिल्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.