भारतमा चुनावकै दिन उम्मेदवारका भाईको गोली हानी हत्या
नयाँ दिल्ली (एजेन्सी)। भारतको बिहारमा चुनावकै दिन उम्मेदवारका भाईको गोली हानी हत्या भएको छ। बिहारको पुर्णिया जिल्लामा शनिबार मतदानका क्रममा तेजश्वी यादवको दल राष्ट्रिय जनता दलका उम्मेदवार बिट्टु सिंहका भाई बेनी सिंहको गोली हानी हत्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
बिहार विधानसभा निर्वाचन अन्तरगत शनिबार तेस्रो चरणको मतदान भएकोो छ। शनिबार अन्तिम चरणको मतदानमा ७८ सिटका लागि मतदान भएको हो।
भारतीय सञ्चार माध्यमहरुका अनुसार उम्मेदवारका भाईमाथि अचान गोली फाइरिंग भएको थियो। उनको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको जनाइएको छ। यसअघि पनि बिहारमा राष्ट्रिय जनता दलका एक उम्मेदवारको हत्या भएको थियो।
बिहार विधानसभामा यो पटक तेजश्वी यादव नेतृत्वको महागठबन्धन र नितिश कुमारको राष्ट्रिय प्रगतिशिल गठबन्धन (एनडीए)बीच चुनावी प्रतिष्पर्धा हुने देखिएको छ।
महागठबन्धनमा काँग्रेस, राष्ट्रिय जनता दल र कम्युनिष्ट पार्टीहरु छन् भने एनडीएमा जनता दल यूनाइटेड, भाजपा र अन्य दलहरु छन्।
शनिबार केही समयपछि बिहार विधानसभा निर्वाचनको एक्जिट पोल सार्वजनिक हुँदैछ।







डिसी नेपाल








Facebook Comment