चुनाव हारिरहेका ट्रम्पले जितेँ भनेर ट्वीट गर्दा चिनियाँले यसरी उडाए
काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम आउनुअघि नै डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले राष्ट्रपति निर्वाचित हुन आवश्यक पर्ने इलेक्टोरल भोट जितेर बाजी मारिसकेका छन्। उनी अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भइसकेका छन्।
तर, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हार्दै गर्दा पनि ट्वीटरमा आफूले चुनाव जित्ने दावी गरे। उनले यस्तो दावी गरेको केही मिनेटमै बाइडेनले जितेका थिए। ट्रम्पको यस्तो हास्यासपद ट्वीटले चिनियाँलाई पनि हँसाएको छ।
चिनियाँ सरकारी सञ्चार माध्यम पिपल्स डेली चाइनाको ट्वीटर ह्याण्डलबाट ट्रम्पको ट्वीटमा जवाफ दिँहै हाँसेर उडाइएको छ। यसरी चिनियाँले उडाएपछि अमेरिकीहरुले भने त्यसमा कमेन्ट गर्दै आफ्नो देशमा चुनाव नगर्नेले यसरी मजाक गर्न नहुने जवाफ दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment