राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनको पहिलो सम्बोधन, दौडिँदै पुगे मञ्चमा

डिसी नेपाल
२३ कार्तिक २०७७ ८:२४
828
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । राष्ट्रपति पदमा निर्वाचित भएपछि ७७ वर्षका बाइडेनले शनिबार राती देशलाई सम्बोधित गरे । सम्बोधनका लागि उनी दौडिँदै मञ्चमा पुगेका थिए ।

चुनाव प्रचारको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई बुढो भएको आरोप लगाएका थिए । हुन पनि बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति निर्वाचित भएका हुन् । सम्भवतः ट्रम्पको यही आलोचनाको जवाफ दिन उनी दौडिँदै मञ्चमा गएको विश्वास गरिएको छ ।

बाइडेनले सम्बोधनको क्रममा देशलाई विभाजित हुन नदिने र एकजुट गर्ने बताए । २० जनवरीमा शपथ ग्रहण गरेपछि बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्नेछन् ।

बाइडेन ४८ वर्ष पहिले सिनेटरमा निर्वाचित भएका थिए । देशको नाममा सम्बोधन गर्दै बाइडेनले भने ‘तपाइँहरुले स्पष्ट जनादेश दिनुभएको छ। ७.४ करोड नागरिकले रेकर्ड भोट दिनुभयो । अमेरिकाको यो नैतिक जीत हो ।’

बाइडेनले अगाडि भने ‘मार्टिन लुथर लकिंगले पनि यही भन्नुभएको थियो । ध्यानपूर्वक सुन्नुस्, आज अमेरिका बोलिरहेको छ । म राष्ट्रपतिको रुपमा यो देशलाई विभाजित गर्नुको सट्टा एकजुट बनाउनेछु । परिवार र पत्नीलाई यो संघर्षमा साथ दिएकोमा धन्यवाद ।’ ट्रम्प र उनका समर्थकहरुसँग बाइडेनले घृणालाई समाप्त पार्न अपिल पनि गरे ।

बाइडेनले भने ‘मलाई थाहा छ जसले ट्रम्पलाई भोट दिनुभएको थियो उहाँहरु आज निराश हुनुहोला । म पनि कैयौं पटक हारेको हुँ । यो नै लोकतन्त्रको सुन्दरता हो कि यसमा सबैले मौका पाउँछन् । आउनुहोस् घृणा समाप्त गर्नुहोस् । एक अर्काको कुरा सुन्नुस् र अगाडि बढ्नुस् । आफ्ना विरोधीहरुलाई दुश्मन सम्झिन बन्द गर्नुहोस् किनकि हामी सबै अमेरिकी हौं । बाइबलले हामीलाई सिकाउँछ कि हरेक कुराको एक समय हुन्छ । अब घाउहरु निको पार्ने समय हो । सबैभन्दा पहिले कोभिड १९ लाई नियन्त्रण गर्नुपर्नेछ । अर्थतन्त्र र देशलाई फेरि सही बाटोमा ल्याउनुपर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.