ट्रम्पका नीति उल्ट्उने गरी जो बाइडेनले थुप्रै कार्यकारी आदेश जारी गर्दै
काठमाडौं। अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरु उल्ट्उँदै नयाँ कार्यकारी आदेशहरु जारी गर्ने तयारी गरेका छन् । आगामी जनवरी २० मा शपथ ग्रहणपछि राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै उनले यी कार्यकारी आदेशहरु जारी गर्ने तयारी गरेको वाशिङटन पोस्टले शनिबार लेखेको छ । यो रिपोर्ट बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएको केही घण्टामै आएको थियो ।
बाइडेनको योजनासँग निकट रहेका व्यक्तिहरुले वाशिङटन पोस्टलाई यसबारे जानकारी दिएको रिपोर्टमा जनाइएको छ । जानकारी अनुसार अमेरिकाले पर्यावरणसम्बन्धी पेरिस सम्झौतामा पुनः फर्किने निणर्नय गर्नेछ । यसअघि बुधबार मात्र अमेरिका यो सम्झौताबाट बाहिरिएको थियो । बाइडेनले अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको निर्णय पनि उल्ट्याउने बताइएको छ । बाइडेनले कैयौं मुस्लिम बाहुल्य देशका आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध पनि हटाउने तयारी गरेका छन् । चुनावी अभियानका क्रममा बाइडेनले यी सबै कामहरु पहिलो कार्यालय दिनमै गर्ने बताएका थिए ।







डिसी नेपाल








Facebook Comment