डोनाल्ड ट्रम्पले १२४ वर्ष पुरानो परम्परा तोड्न सक्ने आशंका
काठमाडौं। अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएका छन् तर उनको टिमले विभिन्न अदालतमा यस विषयमा मुद्दा हालेको छ । ट्रम्प स्वयंले पटक–पटक ट्वीट गर्दै चुनाव आफूले जितेको दावी गर्दै आइरहेका छन् । एक शताब्दी भन्दा पहिलेदेखि अमेरिकामा हार्ने उम्मेदवारले जित्ने उम्मेदवारलाई बधाइ दिने परम्परा चलिआएको छ । यसलाई कन्सेसन वा फेयरवेल स्पिच भनिन्छ ।
यो चुनाबमा दुई उम्मेदवारका बीच आरोप प्रत्यारोपको सबै हद पार भयो । परिवार र व्यक्तिगत आरोप प्रत्यारोप पनि भए । यस्ता आरोप प्रत्यारोप ट्रम्पले धेरै गरे । यही कारण अमेरिकी मिडियाले यस पटक कन्सेसन वा फेयरवेल स्पिचको परम्परा तोडिने आशंका गरेका छन् । ट्रम्पले सम्भवतः बाइडेनलाई जीतको बधाइ नदिने अमेरिकी मिडियाले आशंका गरेका छन् ।
कन्सेसन वा फेयरवेल स्पिच प्रायः २ पटक हुन्छ । कैयौं पटक भने एउटा मात्र पनि भएका छन् । १८९६ देखि यो परम्परा चलिआएको छ । त्यतिबेला विलियम्स जेनिंग्स ब्रायन र विलियम म्याकिन्लेको प्रतिस्पर्धा थियो । निकै आरोप प्रत्यारोप भयो । ब्रायन हारे तर तर हारपछि म्याकिन्लेलाई एक टेलिग्राम पठाएर भावुक रुपमा बधाइ दिए । त्यसपछि यसको परम्परा सुरु भयो र यो परम्परा यसअघि २०१६ को निर्वाचनसम्म कायमै थियो । हिलारी क्लिन्टनले डोनाल्ड ट्रम्पलाई बधाइ दिएकी थिइन् ।







डिसी नेपाल








Facebook Comment