उत्तर कोरियाबारे बाइडेनको नीति के होला ?
वाशिङ्टन (एजेन्सी)। जबदेखि डेमोक्रेटिक पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा निर्णय गर्यो त्यो बेलादेखि राजनीतिक विशेषज्ञहरुबीच यदि बाइडनले जिते भने डेमोक्रेट सरकारको विेदश नीति डोनाल्ड ट्रम्प प्रशासनभन्दा कति फरक होला भन्ने चर्चा शुरु भएको थियो।
अमेरिकाको विदेश नीतिबारे बहस भए अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धबारे अवश्य पनि कुरा उठ्छ। ट्रम्पको कार्यकालमा अमेरिका र उत्तरबीच उतारचढवाको सम्बन्ध रह्यो। एक समय त ट्रम्पले उत्तर कोरियालाई सुधार नभए नतिजा भोग्न तयार हुन भनेर धम्की पनि दिए।
तर, केही हप्तामै नाटकीय परिवर्तन भयो र ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई भेटे। यसबाट संसारमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध सामान्य बन्दै गएको सन्देश गयो। ट्रम्प प्रशासनले पनि यसलाई कूटनीतिक जित भन्दै उत्तर कोरियासँगको सम्बन्धमा सुधार आउनु उनको कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भन्यषे। तर बाइडेन भने किमलाई ठग भन्छन्। चुनावी सभाहरुमा पनि उनले यही भाषा प्रयोग गरेका थिए।
यस्तो लाग्छ बाइडेन उत्तर कोरियाबारे अलि सतर्क रहने छन्। राष्ट्रपति चुनावको बहसमा ट्रम्पले भनेका थिए, ‘बराक ओबामासँग जब मेरो कुरा भयो, तब उनले उत्तर कोरियासँग युद्ध हुन सक्ने र परमाणु युद्ध हुने बताएका थिए। तर हाम्रो कार्यकालमा सम्बन्धमा सुधार आएको छ र युद्धको कुनै सम्भावना छैन।’ उनले अगाडि भनेका थिए, ‘किमसँग मेरो राम्रो सम्बन्ध छ। उनी अलि फरक किसिमका कान्छे हुन। सायद उनी मेरोबारेमा पनि यही सोच्छन् होला।’
यसको जवाफमा बाइडेनले भनेका थिए, ‘जुन सम्बन्धको चर्चा ट्रम्पले गरेका छन्, त्यो एक यस्ता व्यक्तिसँगको सम्बन्ध हो, जो एक ठग हुन्। उनको यो भनाईले लाग्छ ट्रम्पलाई किम र उत्तर कोरियाको मिसाइलबाट डर लाग्छ। उत्तर कोरियाको परमाणु हतियारले अमेरिकी भूमिमा आक्रमण हुन सक्ने उनको बुझाई छ।’
यो विषयमा दक्षिण कोरियाली रिसर्चर पार्क वान गोनले समाचार एजेन्सी योनहापसँग भनेका छन्, ‘बाइडेन उत्तर कोरियाको मामिलामा फेरि पारम्परिक दृष्टिकोण ल्याउने प्रयास गर्नेछन्। उनी वार्तालाई अगाडि बढाउन केही शर्तहरु पनि राख्न सक्छन्। जसमा परमाणु कार्यक्रमलाई पूर्ण रुपमा बन्द गर्ने मुख्य शर्त हुन सक्छ।’
तर केही विश्लेषकहरुले भने बाइडेनले बाराक ओबामाको रणनीतिक धैर्य जस्तो नीति लागू पनि गर्न सक्छन्। जसलाई केही मानिसहरु रणनीतिक अज्ञानता वा रणनीतिक कोमा भन्छन्।







डिसी नेपाल








Facebook Comment