अमेरिकाको इतिहासमै पहिलो पटक ‘सेकेण्ड जेन्टलम्यान’ पदले पूर्णता पाउँदै

डिसी नेपाल
२४ कार्तिक २०७७ १०:५३
240
Shares

काठमाडौं। अमेरिकाको इतिहासमै पहिलो पटक ‘सेकेण्ड जेन्टलम्यान’ पदले पूर्णता पाउने भएको छ । अमेरिकामा सेकेण्ड जेन्टलम्यान पद हुन मिल्ने व्यवस्था भएपपनि अहिलेसम्म कोही पनि सेकेण्ड जेन्टलम्यान हुने अवसर जुरेको थिएन । यस पटक भने त्यो अद्भूत अवसर जुरेको छ । अब डगलस एमहफ अमेरिकाका पहिलो ‘सेकेण्ड जेन्टलम्यान’ बन्नेछन् ।

डगलस अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसका पति हुन् । अमेरिकामा उपराष्ट्रपतिका पतिलाई सेकेण्ड जेन्टलम्यान भनिन्छ । अमेरिकाको २३० वर्ष लामो राष्ट्रपतीय इतिहासमा अहिलेसम्म कुनै पनि महिला उपराष्ट्रपति निर्वाचित नभएकोले अहिलेसम्म कोही पनि सेकेण्ड जेन्टलम्यान हुन सकेका थिएनन् । अब भने कमलाले जनवरी २० मा उपराष्ट्रपतिको शपथ लिएसँगै डगलस सेकेण्ड जेन्टलम्यान हुनेछन् । ५६ वर्षका डगलस पेशाले वकिल हुन् । उनको कमलासँग ६ वर्षअघि २०१४ मा विवाह भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.