समाजसेवी भुसालमाथि भएको आक्रमणको भत्र्सना, कारवाहीकाे माग

डिसी नेपाल
२५ कार्तिक २०७७ १४:०२

चितवन । समाजसेवी लोकराज भुसालमाथि अज्ञात समूहले गरेको आक्रमण प्रयासको नगर तथा वडामा क्रियाशिल राजनीतिक दलले भत्र्सना गरेका छन।चितवनको मृगकुन्ज मध्यवर्ती वन उपभोक्ता समितिको चुनावमा पराजित भएकै दिन शनिवार राती अज्ञात समूहले नेकपाका नेता समेत रहेका त्ननगर ६ निवासी भुसाललाई आक्रमणको प्रयास गरेको थियो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगर नगर कमिटी,नेकपाको वडा कमिटी,नेपाली काँग्रेस वडा समिति,राप्रापा वडा समिति र नागरिक समाजका अगुवाले विज्ञप्ती जारी गरेर घटनाको भत्र्सना गर्दै आक्रमणकारीको पहिचान गरी कारवाही गर्न माग गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगर नगर कमिटीले छुट्टै र वडा स्तरीय राजनीतिक दलले सयुँक्त रुपमा विज्ञप्ती जारी गरेर घटनाको भत्र्सना गर्दै कारवाहीको माग गरेका छन् । नगर कमिटीका अध्यक्ष कुलप्रसाद लामिछाने र सचिव ओमप्रसाद लामिछानेद्धारा जारी विज्ञप्तीमा नगर कमिटीका सचिवालय सदस्य समेत रहेका भुसालको घरमा गत शनिवार राती अज्ञात समूहले भुसालविरुद्ध नाराबाजी गरेको,ज्यान मार्ने उद्देश्यले धम्की दिएको,घरमा ढुंगा प्रहार गरी ताेडफोड गरेको उल्लेख।

वडा स्तरीय राजनीतिक दलहरुले जारी गरेको विज्ञप्तीमा परिवारका अन्य सदस्यहरु विदेशमा रहेको र नेता भुसाल मात्र घरमा रहेको अवस्थामा ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने प्रयास गरेको उल्लेख गरिएको छ । विज्ञप्तीमा भुसाललाई आक्रमणको प्रयास गर्ने समुहको अविलम्ब पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ।

कार्तिक २२ गते शनिवार बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको कार्यसमिति चयनको लागि भएको इकाइ संयोजकहरुको निर्वाचनमा भुसाल उपविजेता बनेका थिए।

निर्वाचन भएकै दिन राती अज्ञात समुहले ज्यान मार्ने उद्देश्यकासाथ आक्रमण प्रयास गरेको नेता भुसालले बताएका छन।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *