कतार रोजगारीमा म्यानपावर कम्पनीको सिण्डिकेटबारे छानबिन गर्न निर्देशन
काठमाडौं । कतार रोजगारीमा म्यानपावर कम्पनीहरुको सिण्डिकेटबारे छानबिन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिइएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कतार रोजगारीमा म्यानपावर कम्पनीहरुको सिण्डिकेटबारे छानबिन गर्न भन्दैै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो।
नेपालबाट कतारमा श्रमिक पठाउनका लागि १७ वटा म्यानपावर कम्पनी संगठित भई सिण्डीकेट गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै उजुरी परेपछि समितिको सोमबार बसेको बैठकले सो सम्बन्धमा छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो।
समितिले यस विषयमा स्पष्टीकरण सोधी छानबिन तथा अनुसन्धानसहितको प्रतिवेदन ७ दिनभित्र बुझाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ।
काठमाडौंस्थित कतारी दूतावास र कतार भिसा सेन्टरले मिलेर १७ वटा म्यानपावरको नाम छनोट गरी सिण्डिकेट कायम गरिएको जनाउँदै वैदेशिक रोजगारी व्यवसायीहरुले त्यसको सत्यतथ्य छानबिनको माग गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment