अमेरिकाको टेक्सास राज्यमा मात्र दश लाख कोरोना संक्रमित
टेक्सास(एजेन्सी) । अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन् ।जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरुको संख्या १० लाख पुगेको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकाको टेक्सास राज्य नै देशको सबैभन्दा बढी कोरोना संक्रमितहरु रहेको पहिलो राज्य भएको छ ।उक्त राज्यको तथ्यांकअनुसार यस राज्यमा बुधबारसम्ममा १० लाख १० हजार ३६४ जना कोरोना भाइरस संक्रमित नागरिक रहेका हुन् ।
त्यसैगरी सो राज्यको तथ्यांकमा यस राज्यमा मात्र मृत्य हुने नागरिकको संख्या १९ हजार ३३७ जना रहेका छन् । टेक्सास पछि अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित भएको राज्य क्यालिफोर्निया रहेको पनि सो विश्वविद्यालयको तथ्यांका देखाइएको छ ।
उक्त तथ्यांकअनुसार क्यालिफोर्नियामा मात्र ९ लाख ८९ हजार ४३२ जना कोभिड १९ का संक्रमित देखिएका छन् ।त्यसैगरी सो राज्यमा १८ हजार ६६ जना व्यक्ति उक्त संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।
विश्वमा सबैभन्दा बढी कारोना भाइरसका संक्रमित भएको देश अमेरिका हो । अमेरिकामा अहिलेसम्म १ करोड ५ लाख ६८ हजार ७१४ जना संक्रमित भएका छन् भने यहाँ २ लाख ३९ हजार ६९५ जनाको निधन भएको बताइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment