नर्समाथि ८ बालबालिकाको हत्या र १० बालबालिकाको हत्याको प्रयासको आरोप
काठमाडौं। बेलायतमा ३० वर्षकी एक नर्समाथि अस्पतालमा ८ बालबालिकाको अत्या गरेको र अन्य १० बालबालिकाको हत्या गर्ने प्रयास गरेको आरोप लागेको छ । लुसी लेटबी नामकी ती नर्समाथि यसअघि पनि यो आरोप लागिसकेको छ । पुलिसले यस विषयमा अनुसन्धानको लागि लुसीको घरको तलासी लिइसकेको छ र उनलाई यसअघि पनि २ पटक पक्राउ गरिसकेको छ ।
बेलायतको चेस्टर अस्पतालमा २०१५ र २०१६ को बीचमा बालबालिकाको मृत्युदर अस्वभाविक रुपमा बढेको थियो । अस्पतालमा साना बालबालिकाको मृत्युदर १० प्रतिशतले बढेको थियो । जाँचमा ती बालबालिकाको मृत्यु मुटु वा फोक्सो फेल भएका कारण भएको पाइएको थियो । ती बालबालिकाको मुटु र फोक्सो फेल भएपछि पुनः सक्रिय बनाउन असम्भवजस्तै भएको थियो । एक रिपोर्टमा यी बालबालिकाको हात र खुट्टामा अनौठो किसिमका दानाहरु देखिएको र यी बालबालिकाको मृत्युको कारण ठिकसँग पत्तँ लाग्न नसकेको भनिएको थियो ।
घटनापछि अस्पतालले पुलिसलाई खबर गरेको थियो र पुलिसले यस विषयमा जाँच सुरु गरेको थियो । पुलिसका अनुसार लुसीलाई यस केसमा सबैभन्दा पहिले २०१८ मा गिरफ्तार गरिएको थियो । केही समयपछि अदालतले उनलाई धरौटीमा छाडेको थियो । जून २०१९ मा लुसीलाई फेरि पक्राउ गरिएको थियो । त्यसपछि पनि छुटेकी उनलाई अहिले पुनः पक्राउ गरिएको हो । डेलीमेलका अनुसार उनीमाथि ८ बालबालिकाको हत्या र १० बालबालिकाको हत्या प्रयासको अभियोगमा मुद्दा चलाइएको छ र आज उनलाई अदालतमा उपस्थित गराइँदैछ ।







डिसी नेपाल








Facebook Comment