विश्वकै पहिलो सिक्स जी भू उपग्रह प्रक्षेपण, फाइभ जी भन्दा कति छिटो हुन्छ इन्टरनेट ?
काठमाडौं। चीनले विश्वकै पहिलो सिक्स जी भू उपग्रह प्रक्षेपण गरेको छ । सिक्स जी इन्टरनेटको परीक्षणका लागि यो भू उपग्रह प्रक्षेपण गरिएको हो । अहिले सिक्स जी प्रविधि परीक्षणको क्रममै छ र सर्वसाधारणको लागि उपलब्ध छैन । परीक्षण सफल भएको अवस्थामा यो प्रविधि सर्वसाधारणका लागि पनि उपलब्ध गराइनेछ ।
चीन सिक्स जी प्रविधिको विकासमा विश्वमै सबैभन्दा अगाडि छ । यो प्रविधिको इन्टरनेट अहिले प्रचलनमा रहेको फाइभ जी प्रविधिभन्दा १०० गुणा तीब्र हुन सक्ने बताइएको छ । नेपालमा भने अहिलेसम्म फाइभ जी प्रविधि पनि भित्रिन सकेको छैन । अक्टोबर २०२० सम्मको तथ्यांकअनुसार ४७ देशका ११२ नेटवर्क अपरेटरले मात्र फाइभ जी इन्टरनेट सुविधा उपलब्ध गराइरहेका छन् । चीनले भने यसअघि नै देशैभरी फाइजीको संजाल विस्तार गरिसकेको छ ।
चीनको शांक्सी प्रान्तको ताइयुआन स्याटेलाइट लन्च सेन्टरबाट १२ अन्य उपग्रहहरुको साथमा सिक्स जी उपग्रह पनि प्रक्षेपण गरिएको हो । यो उपग्रहले आफ्नो कक्षमा प्रवेश गरेको रोयटर्सको रिपोर्टमा जनाइएको छ । यो उपग्रहले तीब्र गतिको इन्टरनेटको लागि उच्च आवृत्तिसहितको टेराहर्ज तरंग प्रयोग गर्ने बताइएको छ । यसबाहेक यसले कृषि उपजमा आउन सक्ने विपत्ति र जंगलमा लाग्ने डढेलोको समेत निगरानी गर्ने बताइएको छ ।







डिसी नेपाल








Facebook Comment