जनता गरिबीमा बाँच्दै, शासकले चोकमा बनाए ५० फिट अग्लो सुनौलो कुकुरको मूर्ति

डिसी नेपाल
२८ कार्तिक २०७७ १४:२१
3.6k
Shares

काठमाडौं। नेताहरुमा मूर्तिप्रेम शताब्दीऔं अघिदेखि देखिएको हो । शासकहरुले देशका विभिन्न स्थानमा विशाल मूर्तिहरु स्थापना गरेका छन् । हाम्रो देश नेपालमा पनि पुराना शासकहरुले स्थापना गरेका विशाल मूर्तिहरु अहिले पनि छन् । यस्तै मध्य एसियाली देश तुर्कमेनिस्तानका शासकले पनि ५० फिट अग्लो सुनौलो कुकुरको मूर्ति राजधानीको चोकमा स्थापना गरेका छन् ।

२००७ मा तुर्कमेन्स्तिानको सत्तामा आएका गुरबांगुली बेर्दयमुखमेदोभले गएको बुधबार आफूलाई मन पर्ने अलबी प्रजातिको यो कुकुरको विशाल मूर्तिको अनावरण गरे । बीबीसीको रिपोर्टअनुसार यो मूर्ति काँसबाट बनेको छ र यसमा २४ क्यारेट सुनको जलप लगाइएको छ । जमिनदेखि मुर्तिको टुप्पासम्मको उचाइ ५० फिट छ । मूर्तिको मात्र उचाइ भने २० फिट छ । मूर्तिलाई राजधानी अश्खाबादमा स्थापना गरिएको छ । यो क्षेत्रमा देशका उच्च अधिकारीहरुको आवास छ ।

कुकुरको यो प्रजातिलाई त्यहाँका नागरिकसँगै गुरबांगुलीले पनि निकै मन पराउँछन् । यो जातिका कुकुरहरु यहीँ जन्मिन्छन् त्यसैले यी कुकुरलाई तुर्कमेनिस्तानको राष्ट्रिय पहिचानसँग पनि जोडेर हेरिन्छ । तुर्कमेनिस्तानको सरकारले कुकुरको लागि यति ठूलो लगानी गरेको छ तर त्यहाँका जनता भने गरिबीमा बाँच्न विवश छन् । तेल र प्राकृतिक ग्यासका कारण देशको अर्थव्यवस्थाको विस्तार भइरहेको छ तर यसको लाभ केवल त्यहाँका धनहिरुले मात्र लिइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.