सरकारले दिने उपचार खर्च नलिने डा. केसीको घोषणा, सम्झौता कार्यान्वयन गर्न आग्रह

डिसी नेपाल
२९ कार्तिक २०७७ १६:२२
100
Shares

काठमाडौं। कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका चिकित्सा शिक्षा सुधार अभियन्ता प्राडा गोविन्द केसीले सरकारले दिने उपचार खर्च नलिने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान ट्वीट गर्दै डा. केसीको स्वास्थ्य लाभाको कामना गरेका थिए। साथै उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए।

तर, डा. केसीले आफ्नो उपचार आफै गर्ने बताएका छन्। उनले शनिबार विज्ञप्ति जारी गर्दै दूरदराजका जनताको उपचार गर्नसमेत प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। उनले १९ औं अनशनका क्रममा अफूसँग भएका सम्झौता कार्यान्वयन गर्नसमेत आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *