कोरोनाले गम्भीर बिरामी भएर निको भइसकेका बेलायती प्रधानमन्त्री फेरि आइसोलेसनमा

डिसी नेपाल
१ मंसिर २०७७ १२:१०
236
Shares

काठमाडौं। यसअघि कोरोनाभाइरसबाट संक्रमित भइ गम्भीर बिरामी परेर आइसीयूमै बसेर उपचार गराइ निको भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसन पुनः आइसोलेसनमा बसेका छन् । अहिले फेरि कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि प्रधानमन्त्री जोनसन पुनः आइसोलेसनमा बसेका हुन् । उनी स्वयंले ट्वीट गर्दै आफू कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएकोले आफूलाई आइसोलेट गरेको बताएका छन् ।

जोनसनले आफूमा कुनै लक्षण नदेखिएको बताउँदै आफूले लक्षण नदेखिए पनि नियम पालन गर्ने र आइसोलेसनमै रहेर सरकारी काम अगाडि बढाउने बताएका छन् । उनले आफूले महामारी विरुद्ध सरकारी अभियानको जिम्मेवारी लिने बताएका छन् । गएको अप्रिलमा कोरोना संक्रमित पाइएको प्रधानमन्त्री जोनसनको स्वास्थ्य निकै बिग्रिएपछि उनलाई तीन दिनसम्म आइसीयूमा राखेर उपचार गर्नुपरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.