ट्रम्पले भने – ‘जो बाइडेनले चुनाब जिते’, त्यसपछि फेरि भने – ‘चुनाब मैले जितें’
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले हिजो जो बाइडेनले चुनाब जितेको स्वीकार गरेका थिए । तर, उनले बाइडेनको जीत स्वीकार गर्दै गर्दा उनीमाथि आरोप पनि लगाएका थिए । ट्रम्पले बाइडेनमाथि चुनाबमा धाँधली गरेको आरोप लगाएका थिए ।
He won because the Election was Rigged. NO VOTE WATCHERS OR OBSERVERS allowed, vote tabulated by a Radical Left privately owned company, Dominion, with a bad reputation & bum equipment that couldn’t even qualify for Texas (which I won by a lot!), the Fake & Silent Media, & more! https://t.co/Exb3C1mAPg
— Donald J. Trump (@realDonaldTrump) November 15, 2020
राष्ट्रपति ट्रम्पले लेखेका थिए ‘बाइडेनले चुनाब जिते तर चुनाबमा धाँधली भएको छ । चुनाबको क्रममा कुनै कार्यकर्ता वा पर्यवेक्षकलाई त्यहाँ रहन दिइएन ।’ उनले डोमिनियन नामको कम्पनीमाथि चुनाबमा धाँधली गरेको आरोप लगाउँदै बाइडेनले फेक मिडियाको नजरमा मात्र जितेको बताएका थिए ।
I WON THE ELECTION!
— Donald J. Trump (@realDonaldTrump) November 16, 2020
लगत्तै आज फेरि ट्रम्पले आफूले चुनाब जितेको दावी गरेका छन् । आज ट्वीट गर्दै ट्रम्पले चुनाब आफूले जितेको बताएका हुन् । पछिल्लो जानकारी अनुसार जो बाइडेनले ३०६ इलेक्टोरल भोट जितेका छन् चने ट्रम्पले २३२ इलेक्टोरल भोट जितेका छन् । चुनाबको पूरा विवरण भने आइसकेको छैन ।







डिसी नेपाल








Facebook Comment