साढे २२ करोड रुपैयाँ मूल्यमा बिक्री भएको परेवा !
काठमाडौं। एउटा परेवाको मूल्य कति पर्ला ? केही समय वा बढीमा १–२ हजार । हामी नेपालीले सोच्ने सामान्य मूल्य यही हो । तर, एउटा परेवा भने यति धेरै मूल्यमा बिक्री भएको छ कि त्यसको मूल्य सुन्दा पनि हामी चकित पर्छौं । बेल्जियमको न्यू किम रेसिङ परेवा १६ लाख यूरो (साढे २२ करोड नेपाली रुपैयाँ)मा बिक्री भएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार यो परेवाको लिलामीमा सुरुवाती मूल्य मात्रै २ सय युरो थियो तर लिलाम बढाबढमा बढ्दै जाँदा १६ लाख युरोसम्म पुग्यो ।
यो परेवा आफ्नो प्रजातिको सबैभन्दा तीब्र गतिमा उड्न सक्ने परेवा हो । रिपोर्टअनुसार यो परेवालाई बेल्जियमको हालेस्थित पिपा पिजन सेन्टरमा भएको लिलामीमा एक चिनियाँ नागरिकले किनेका हुन् । यसलाई किन्नको लागि २ जना चिनियाँ नागरिकले लिलाम बढाबढ गरेका थिए । दुवैले आफ्नो पहिचान खुलाएका छैनन् । यी चिनियाँ नागरिकमध्ये एक जनाले सुपर डुपर र अर्काले हिटम्यान नामबाट लिलामीमा सहभागी भएका थिए । लिलामीमा बढ्दै जाँदा अन्त्यमा सुपर डुपरले सबेभन्दा महंगो मूल्य तिरेर यो सुगा किने ।







डिसी नेपाल








Facebook Comment