अमेरिकामा निःशुल्क खाना लिन हजारौं कारको लाइन

डिसी नेपाल
२ मंसिर २०७७ ९:१२
2.9k
Shares

काठमाडौं। अमेरिकामा हजारौं मानिसहरुले लाइन लागेर निःशुल्क खाद्यान्न लिएर गएका छन् । टेक्सास राज्यको ड्यालसमा यो सप्ताहान्तमा खाद्यान्न वितरण कार्यक्रममा हजारौं कारहरु लामबद्ध देखिएका थिए । खाद्यान्न वितरण गर्ने आयोजकले अहिले आवश्यकता अत्याधिक बढेको बताएका छन् । नर्थ टेक्सास फूड बैंक (एनटिएफबी)ले शनिबार ६ लाख पाउण्डभन्दा धेरै खाद्यान्न २५ हजार भन्दा धेरै जनताको लागि वितरण गरेको प्रवक्ता एन्ना कुरियनले बताइन् ।

कुरियनले सीएनएनलाई बताएअनुसार कार्यक्रममा ७ हजार २ सय ८० टर्की वितरण गरिएका थिए । एनटिएफबीले उपलब्ध गराएका तस्वीरमा एनटिएफबीको फेयर पार्कमा रहेको ड्राइभ थ्रु मोबाइल पेन्ट्रीमा हजारौं कारहरु लामबद्ध देखिएका छन् । कुरियनले महामारीसँगै खाद्यान्नको आवश्यकता अत्याधिक बढेको बताइन् । गत हप्ता टेक्सास १० लाख संक्रमणका केस रिपोर्ट गर्ने पहिलो राज्य बनेको थियो ।

North Texas Food Bank (NTFB) distributed more than 600,000 lbs of food for about 25,000 people in need on Saturday, according to Anna Kuruan, Spokeswoman for NTFB.

‘हामीले संघर्ष गरिरहँदा हाम्रो लागि प्रार्थना भइरहेको मैले देखेकी छु र नर्थ टेक्सासले हामीलाई सहयोग गरेकोमा सम्मान व्यक्त गर्न चाहन्छु’ खानाको लागि लाइनमा पर्खने क्रममा ड्यालसकी बासिन्दा समन्था वुड्सले सीएनएन सम्बद्ध केटीभीटीसँग भनिन् ‘यो अद्भूत छ र म भगवानलाई धन्यवाद दिन चाहन्छु कि आज बिहान म लाइनमा बस्न सकें ।’ नोभेम्बर १४ को कार्यक्रममा नर्थ टेक्सास फूड बैंकले ६ लाख किलो खाद्यान्न वितरण गरेको थियो ।

अर्को एक कारमा लाइनमा बसेकी अर्की एक महिलाले आफूले कठिन परिस्थितिमा संघर्ष गरिरहेको बताइन् । ‘मैले डिसेम्बरदेखि काम गरिरहेकी छैन । मैले काम पाउन सकिन र मेरो बेरोजगारी भत्ता पनि काटियो । अहिले खाद्यान्न पाउनु निकै ठूलो कुरा हो । एनटिएफबीकी अध्यक्ष त्रिशा कनिंघमले असाधारण समयमा सहयोग गरेकोमा आफ्नो टिम र समुदायप्रति गर्व रहेको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.