एउटा डरका कारण जापानकी राजकुमारीको फेरि बिहे भएन, ३ वर्षदेखि रोकिएको छ बिहे

डिसी नेपाल
२ मंसिर २०७७ १४:२२
3.3k
Shares

काठमाडौं। जापानकी राजकुमारी माकोले एक पटक फेरि बिहे सारेकी छिन् । पहिलो पटक २०१७ मा गर्ने बिहे सारेकी राजकुमारीले अहिले हुने बिहे फेरि सारेकी हुन् । जापानी राजकुमारीले यसरी पटक–पटक बिहे सार्नुलाई उनको शाही उपाधि खोसिने डर कारण हुन सक्ने मानिएको छ । जापानको कानुनअनुसार जापानको शाही परिवारको कुनै पनि सदस्यले आम सर्वसाधारणसँग बिहे गरेमा शाही उपाधि र सुविधा खोसिन्छ ।

डेलीमेलका अनुसार राजकुमारी माको करिब ७ वर्ष अघिदेखि केइ कोमुरोसँग प्रेममा छिन् । केइ कोमुरो पेसाले पर्यटन व्यवसायी हुन् । राजकुमारी माकोले सबैभन्दा पहिले २०१७ मा कोमुरोसँग बिहे गर्ने बताएकी थिइन् । त्यसपछि २०१८ को डिसेम्बरमा उनीहरुको बिहे हुने तय भएको थियो । त्यो बिहे पनि सरेर अहिले २०२० मा बिहे हुने तय भएको थियो । तर, अहिले हुने भनिएको बिहे पनि राजकुमारी माकोले सारेकी छिन् ।

राजकुमारी माको र केइ कोमुरोको प्रेम २०१३ मा उनीहरुले साथमा टोक्यो इन्टरनेशनल क्रिस्चियन युनिभर्सिटीमा पढ्दादेखिको हो । त्यहाँको पढाइ सकेपछि राजकुमारी माको थप अध्ययनको लागि बेलायत गइन्, कोमुरो जापानमै बसे तर उनहिरुको प्रेम कायमै रह्यो । कोमुरोसँगको बिहे सारेपछि राजकुमारीले यस समय भविष्यको योजनाको बारेमा केही भन्न निकै कठिन भएको बताएकी छिन् । यद्यपि उनले जारी गरेको वक्तव्यमा आफूहरु प्रतिस्थापन गर्न नमिल्ने भएको बताएकी छिन् ।

यसअघि जापानको शाही परिवारमा पछिल्लो पटक राजकुमारी माकोकी फुपु सयोकाको राजकुमारी उपाधि खोसिएको थियो । राजकुमारी सयाकोले २००५ मा सर्वसाधारणसँग बिहे गरेपछि उनको शाही उपाधि खोसिएको थियो । जापानको यो जिनयम विवादित पनि रहँदै आएको छ किनकि शाही परिवारबाहिर बिहे गर्ने पुरुष सदस्यको शाही उपाधि खोसिँदैन र महिला सदस्यको मात्रै उपाधि खोसिन्छ । राजकुमारी माकोका पिता राजकुमार फुमिहितोले आफ्नी छोरीको विवाह हुन्छ वा हुँदैन भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.