मेक्सिकोमा ट्याँकर बिस्फोट हुँदा १४ जनाको मृत्यु

डिसी नेपाल
२ मंसिर २०७७ १८:५४
72
Shares

मेक्सिको सिटी(एजेन्सी) । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याँकर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ ।

प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याँकर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो । बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीन वटा सवारी साधनमा समेत क्षति पुगेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.