राष्ट्रपति भण्डारीद्वारा औषधि व्यवस्था सम्बन्धी अध्यादेश जारी

डिसी नेपाल
३ मंसिर २०७७ १६:१७
124
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि व्यवस्था ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गरेकी छन्। एक हप्त अघि नै सरकारले सो अध्यक्षदेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

संसद अधिवेशन नचलेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने संवैधानिक व्यवस्था छ। सोही संवैधानिक व्यवस्थाअनुसार औषधि व्यवस्था ऐन संशोधन गर्न अध्यादेश जारी भएको हो।

यो अध्यादेशअनुसार औषधि तथा मेडिकल सामाग्रीको खरिद, वितरणबारे सहजता ल्याइएको सरकारको दावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.