सलमान खान आइसोलेसनमा

डिसी नेपाल
४ मंसिर २०७७ ८:०९
912
Shares

मुम्बइ। बलिउड अभिनेता सलमान खानले आफूलाई आइसोलेट गरेका छन् । सलमानका ड्राइभरसहित अन्य २ स्टाफ कोरोना संक्रमित पाइएपछि सलमानले आफूलाई आइसोलेट गरेका हुन् । सलमानले अहिले बिग बोस होस्ट गरिरहेका छन् । यस्तोमा आगामी एपिसोडका लागि उनी उपलब्ध हुन्छन् वा हुँदैनन् भन्ने हेर्न बाँकी नै छ ।

सलमानले हालै राधे फिल्मको सुटिङ पनि सुरु गरेका छन् । फिल्ममा उनीसँग अभिनेत्री दिशा पाटनी हुनेछिन् । पछिल्लो २–३ महिनामा कैयौं बलिउड सेलिब्रेटीले काम सुरु गरेका छन् । कोरोना महामारी र लकडाउनका कारण फिल्मको सुटिङ रोकिएको थियो । कोरोनाको खतरा अहिले पनि छँदैछ यसका बावजुद फिल्म उद्योगले विस्तारै काम सुरु गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.