देशको मेरुदण्ड नै युवा शक्तिः अध्यक्ष यादव

डिसी नेपाल
४ मंसिर २०७७ २३:१५

राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि तथा विकासका लागि युवा शक्तिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

जसपा युवा कमिटीले छठ पर्वका अवसरमा आज राजविराजमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनले युवा शक्ति ने देश विकासको मेरुदण्ड भएको बताए ।

नेता यादवले युवालाई विकास निर्माणमा एक जुट हुन अनुरोध समेत गरे ।

नेता यादवले देशको आर्थिक समृद्धिलाई माथि उठाउनका लागि पनि अहिलेको युगमा युवा शक्ति जागरुक हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले विकास निर्माणमा युवाले अहं भूमिका खेल्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *