फेरि घट्याे सुनको मूल्य

डिसी नेपाल
५ मंसिर २०७७ १३:०६

काठमाडाैं। सुनको मूल्य आज पनि ओरालो लागेको छ। बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ। बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ। बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो।

यस्तै चाँदी आज प्रतितोला रु पाँचले घटेको छ। बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *