कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?

डिसी नेपाल
५ मंसिर २०७७ १६:२७
120
Shares

काठमाडौं। गएको कात्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु शुक्रबार सार्वजनिक गरिएको छ। कात्तिक २७ गतेको नियमित मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको सार्वजनिक गरिएको छ भने मंसिर ३ मा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले ३ वटा निर्णय गरेको सार्वजनिक गरिएको छ।
यी दुबै बैठकमा मन्त्रिपरिषद्ले केही बढुवा र नियुक्तीहरु गरेको छ।

कात्तिक २७ को मन्त्रिपरिषद बैठकले सहसचिव लीलादेवी गड्तौलालाई सचिवमा बढुवा गरी नेपाल कानुन आयोगमा पदस्पथान गरेको छ। यस्तै अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्षमा काठमाडौं महानगरपालिका वडा नं ३१ का उद्धवप्रसाद तिमल्सेनालाई नियुक्ति गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *