प्यूठानमा ट्याक्टरले किच्दा बालिकाको मृत्यु
प्यूठान। प्यूठानमा ट्याक्टरले किच्दा एक बालिकाको मृत्यु भएको छ। झिमरुक गाउँपालिका ८ चैतेबारी स्थित झिमरुक खोलाबाट टिमुरचौर जाँदै गरेको रा १ त ७४७ नम्वरको ट्याक्टरले शुक्रवार दिउँसो किच्दा ट्याक्टरमा सवार गौमुखी गाउँपालिका ७ चौताराकि ६ वर्षीय बालिका रजिना पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। बालिकालाई ट्याक्टरबाट झर्दा ट्याक्टरले किचेको हो।
मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि प्यूठान अस्पताल विजुवारमा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण राज ढकालले जानकारी दिए। ठक्कर दिने ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको, ड्राइभरको खोजी कार्य भैइरहेको र घटनाको थप अनुसन्धान भैरहेको समेत सूचना अधिकारी ढकालले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment